४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टर दुर्घटना : दुईको मृत्यु, ५ जना घाइते



अ+ अ-

कपिलवस्तु । बपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिकाको कोपवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार राती जिल्लाको जितपुरबाट कोपवातर्फ जाँदै गरेको लु३त ७२७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ट्याक्टर चालक वाणगंगा नगरपालिका–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र १५ वर्षीय रन्जित बोटे माझीको मृत्यु भएको भएकोृहो । ट्याक्टरमा सवार अन्य ५ जना भने घाइते भएका छन् ।

दुर्घटनामा वाणगंगा–१ का १७ वर्षीय जय ज्ञवाली र सोही ठाउँका १५ वर्षीय मनिस परिवार गम्भीर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि बुटवल ल्याएको छ ।

सामान्य घाइते ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।