१६ असार २०८३, मंगलवार
,
Latest
लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्डले भने : ‘बिआरआई कार्यान्वयनमा नेपालको सक्रियता भएन’



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिआरआईको तयारीमा नेपालको पक्षबाट सक्रियता कम भएको स्विकारेका छन् ।

आइतबार राजधानी काठमाडौंमा नेपाल बुद्धिजिवी संगठनले आयोजना गरेको बिआरआई संवाद बिचार गोष्ठीमा अध्यक्ष प्रचण्डले विश्व शान्ति,मानव जातिको सुखका लागि बिआरआइलाई व्यापक रुपमा स्विकार्य गरिएको बताए। प्रचण्डले बिआरआई परियोजनाको उद्देश्य सैन्य गठबन्धन नभै बरु विश्व शान्ति, मानवजातिको समृद्धि र हारमोनिकल सोसाइटी बनाउने रहेको बताए ।

‘बिआरआईले कुनै सैन्य गठबन्धनको गन्ध दिएको छैन । यसले सामुहिक ढंगले शान्ति, विकास, समृद्धि र सोसियल हारमोनीको पक्षमा अपिल गरेको छ । त्यसकारण यो सबैको लागि सहज र स्वीकार्य हुन पुगेको छ,’ प्रचण्डले भने, ‘यसबाट हामीले धेरै लाभ लिन सकिन्छ । बिआरआईको मक्सद विश्व शान्ति, मानवजातिको समृद्धि र हारमोनिकल सोसाइटी बनाउने परिकल्पना गरेको छ ।’

अध्यक्ष प्रचण्डले दुई तिहाई जनसङ्ख्याले बिआरआईलाई सकारात्मक लिनु पछाडिको कारण यसले सुपर पावर बन्नका लागि कुनै सैन्य गठबन्धनको कुरा नगरेको बताए ।

‘यसले कुनै सुपर पावर बन्नका लागि सैन्य गठबन्धनको कुरा गरेको छैन । यसले सामूहिक धारणा र कलेक्टीभ एफोर्टको कुरा गरेको छ । हारमोनियस सोसाइटीको कुरा गरेको छ । त्यसकारण यो सबैलाई मान्य भएको छ’, प्रचण्डले भने, ‘हाम्रो लागि बिआरआई आवश्यक छ । किनभने यसले रोड कनेक्टीभिटीको मात्र कुरा हैन, रेल, पाइपलाइन, कम्युनिकेशन कनेक्टीभिटी र संरचनागत कनेक्टीभिटी लगायत विशाल परियोजनामासमेट्न खोजिएको छ ।’

प्रचण्डले बिआरआईलाई अगाडि बढाउन केही ढिला भएको स्वीकार्दै अब सही समय आएको बताए ।




भर्खरै