२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमै चालकको आँखा र दाँतको जाँच

सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमै चालकको आँखा र दाँतको जाँच
अ अ+ अ-

जनकपुर । पूर्वपश्चिम राजमार्गमा बढ्दो दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमै सवारी चालक तथा सहचालकको आँखा र दाँत जाँच गरेको छ ।

प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया र वीरगंज सामुदायिक आँखा अस्पतालको संयुक्त सहकार्यमा पुर्वपश्चिम राजमार्गमा चल्ने नीजि तथा सार्वजनिक सवारी साधनका चालक तथा सहचालकको सडकमै आँखा र दाँतको जाँच गरिएको हो ।

जाँच शिविरमा चालक १११, सहचालक १७ र सर्वसाधारण २६ गरी १५४ जनाको निःशुल्क आँखा र दाँतको जाँच गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । जाँच गरिएका चालकमध्ये थोरैमा मात्र आँखा सम्बन्धि समस्या देखिएको र धेरैमा अझै लाइटको कलर छुट्टयाउन सकिने तथा टाढासम्म हेर्न सकिने क्षमता रहेको पाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

यस्तै दाँत गरिएका चालकमध्ये अधिकांशमा दाँतको समस्या देखिएको र पानपराग तथा गुटखा खाने गरेको पाइएको उहाँको भनाइ छ । लामो दूरीका सवारी चालकमा बाटोमै निदाउने, स्वास्थ्य बिग्रिने जस्ता समस्यासमेत पाइएकाले ती चालकलाई थप स्वास्थ्य उपचारका लागि सल्लाह दिइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । रासस