१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृत पढ्ने विद्यार्थी घटे



अ+ अ-

कञ्चनपुर । अध्ययनका लागि छात्रवृतिदेखि आवाससम्मका सुविधान प्रदान गर्दा पनि कञ्चनपुरमा संस्कृत अध्ययनप्रति विद्यार्थीको आकर्षण घट्दै गइरहेको छ । भीमदत्तनगरमा अढाई दशकअघि स्थापना भएको शारदा विद्यापीठमा पछिल्ला वर्षमा विद्यार्थीको चाप घट्दै गइरहेको छ ।

उक्त विद्यापीठका प्रार्चाय भोजराज जोशीले संस्कृत अध्ययनका लागि छात्रवृतिलगायत अन्य सुविधा उपलब्ध गराइएपनि युवापुस्ता त्यसतर्फ आकर्षित हुननसकेको बताउनुभयो ।“हामीले संस्कृतसँगै यहाँ आयुर्वेद क्याम्पस बनाउन पनि निकै पहल गर्दै आएका छौँ ।” उहाँले भन्नुभयो, “यहाँ प्रर्याप्त भौतिक संरचना हुँदापनि आयुर्वेद शिक्षाका लागि सम्वन्धन पाउन सकिएको छैन ।

यो विषय अध्ययनपछि रोजगारीका अवसर सिर्जना नहुनाका साथै लोकसेवाबाट पनि संस्कृतलाई हटाइएकाले विद्यार्थीको आकर्षण घटेको प्राचार्य जोशीको भनाइ थियो । “संस्कृतलाई राज्यले नै प्राथमिकतामा राखेन ।” उहाँले भन्नुभयो,“संस्कृत समाजको सम्पति हो ।”

आर्थिक वर्ष २०७२/०७३ संस्कृततर्फ ४० र एकवर्षे बिएडतर्फ ५५ विद्यार्थी अध्ययनरत रहेकामा २०७३/०७४ मा संस्कृतमा ४४ एकवर्षे बिएड ६० ले अध्ययन गरेका थिए । गत आर्थिक वर्षमा शास्त्रीमा ४० विद्यार्थी भर्ना भएको प्राचार्य जोशीले जानकारी दिनुभयो ।“कर्मकाण्ड प्रशिक्षण र शास्त्री अध्ययनका लागि अहिले १९ विद्यार्थी मात्रै भर्ना भएका छन् ।” उहाँले भन्नुभयो, “स्थानीय सरकारले पनि संस्कृत अध्यापनका लागि आवश्यक पहल गर्नुपर्ने जरुरी भइसकेको छ । ”

उक्त विद्यापीठमा दलित तथा आदीवासी जनजाति समुदायका विद्यार्थीलाई पनि संस्कृत अध्ययनका लागि छात्रवृति रहेपनि त्यस्ता समूदायका विद्यार्थी प्राय भर्ना हुन आउँदैनन् । “अहिले एक दलित समुदायका विद्यार्थी शास्त्री अध्ययन सकेर आर्चाय पढ्न दाङ लागेका छन् ।” प्राचार्य जोशीले भन्नुभयो,“चौधरी समुदायका दुई छात्रा यहाँ अध्ययनरत छन् ।” विद्यापीठमा संस्कृत अध्ययनका लागि आउने दलित समुदायका विद्यार्थीलाई मासिक रु एक हजार ८००, महिलालाई मासिक रु दुई हजार र ब्राह्मण÷क्षेत्रीलाई मासिक रु एक हजार प्रतिविद्यार्थी छात्रवृति दिने गरिएको उहाँले जानकारी गराउनुभयोे ।

उक्त विद्यापीठमा ११ प्राध्यापक र छ आंशिक शिक्षक गरी १७ जनाले अध्यापन गराउँछन् ।त्यसैगरी यहाँको शिवधाम गुरुकुल आधारभूत विद्यालयले पनि हालैदेखि भीमदत्तनगरमा कक्षा–६देखि संस्कृत अध्यापन शुरु गरेको छ ।“कक्षा बढाउँदै लैजाने योजनामा छौँ ।” विद्यालयका प्राधानाध्यापक हरिकृष्ण ओझाले भन्नुभयो–“अहिले कक्षा–६ मा १५ विद्यार्थी संस्कृत पढ्दैछन ।”

द्वन्दकालका कारण केही समय संस्कृत अध्ययन–अध्यापनमा असर परेपनि संस्कृतप्रति विद्यार्थीको आकर्षण बढ्नेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।“सरकारले पनि संस्कृत विद्यालाई विशेषरुपमा लिएर अगाडि बढाउन सहयोग गर्नुपर्छ ।” प्राधानाध्यापक ओझाले रासससित भन्नुभयो–“हाम्रो स्कूलले उच्च शिक्षासम्म संस्कृत अध्ययनलाई बढाउने योजना बनाएको छ ।”