१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

संस्कृत पढ्ने विद्यार्थी घटे

संस्कृत पढ्ने विद्यार्थी घटे
अ अ+ अ-

कञ्चनपुर । अध्ययनका लागि छात्रवृतिदेखि आवाससम्मका सुविधान प्रदान गर्दा पनि कञ्चनपुरमा संस्कृत अध्ययनप्रति विद्यार्थीको आकर्षण घट्दै गइरहेको छ । भीमदत्तनगरमा अढाई दशकअघि स्थापना भएको शारदा विद्यापीठमा पछिल्ला वर्षमा विद्यार्थीको चाप घट्दै गइरहेको छ ।

उक्त विद्यापीठका प्रार्चाय भोजराज जोशीले संस्कृत अध्ययनका लागि छात्रवृतिलगायत अन्य सुविधा उपलब्ध गराइएपनि युवापुस्ता त्यसतर्फ आकर्षित हुननसकेको बताउनुभयो ।“हामीले संस्कृतसँगै यहाँ आयुर्वेद क्याम्पस बनाउन पनि निकै पहल गर्दै आएका छौँ ।” उहाँले भन्नुभयो, “यहाँ प्रर्याप्त भौतिक संरचना हुँदापनि आयुर्वेद शिक्षाका लागि सम्वन्धन पाउन सकिएको छैन ।

यो विषय अध्ययनपछि रोजगारीका अवसर सिर्जना नहुनाका साथै लोकसेवाबाट पनि संस्कृतलाई हटाइएकाले विद्यार्थीको आकर्षण घटेको प्राचार्य जोशीको भनाइ थियो । “संस्कृतलाई राज्यले नै प्राथमिकतामा राखेन ।” उहाँले भन्नुभयो,“संस्कृत समाजको सम्पति हो ।”

आर्थिक वर्ष २०७२/०७३ संस्कृततर्फ ४० र एकवर्षे बिएडतर्फ ५५ विद्यार्थी अध्ययनरत रहेकामा २०७३/०७४ मा संस्कृतमा ४४ एकवर्षे बिएड ६० ले अध्ययन गरेका थिए । गत आर्थिक वर्षमा शास्त्रीमा ४० विद्यार्थी भर्ना भएको प्राचार्य जोशीले जानकारी दिनुभयो ।“कर्मकाण्ड प्रशिक्षण र शास्त्री अध्ययनका लागि अहिले १९ विद्यार्थी मात्रै भर्ना भएका छन् ।” उहाँले भन्नुभयो, “स्थानीय सरकारले पनि संस्कृत अध्यापनका लागि आवश्यक पहल गर्नुपर्ने जरुरी भइसकेको छ । ”

उक्त विद्यापीठमा दलित तथा आदीवासी जनजाति समुदायका विद्यार्थीलाई पनि संस्कृत अध्ययनका लागि छात्रवृति रहेपनि त्यस्ता समूदायका विद्यार्थी प्राय भर्ना हुन आउँदैनन् । “अहिले एक दलित समुदायका विद्यार्थी शास्त्री अध्ययन सकेर आर्चाय पढ्न दाङ लागेका छन् ।” प्राचार्य जोशीले भन्नुभयो,“चौधरी समुदायका दुई छात्रा यहाँ अध्ययनरत छन् ।” विद्यापीठमा संस्कृत अध्ययनका लागि आउने दलित समुदायका विद्यार्थीलाई मासिक रु एक हजार ८००, महिलालाई मासिक रु दुई हजार र ब्राह्मण÷क्षेत्रीलाई मासिक रु एक हजार प्रतिविद्यार्थी छात्रवृति दिने गरिएको उहाँले जानकारी गराउनुभयोे ।

उक्त विद्यापीठमा ११ प्राध्यापक र छ आंशिक शिक्षक गरी १७ जनाले अध्यापन गराउँछन् ।त्यसैगरी यहाँको शिवधाम गुरुकुल आधारभूत विद्यालयले पनि हालैदेखि भीमदत्तनगरमा कक्षा–६देखि संस्कृत अध्यापन शुरु गरेको छ ।“कक्षा बढाउँदै लैजाने योजनामा छौँ ।” विद्यालयका प्राधानाध्यापक हरिकृष्ण ओझाले भन्नुभयो–“अहिले कक्षा–६ मा १५ विद्यार्थी संस्कृत पढ्दैछन ।”

द्वन्दकालका कारण केही समय संस्कृत अध्ययन–अध्यापनमा असर परेपनि संस्कृतप्रति विद्यार्थीको आकर्षण बढ्नेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।“सरकारले पनि संस्कृत विद्यालाई विशेषरुपमा लिएर अगाडि बढाउन सहयोग गर्नुपर्छ ।” प्राधानाध्यापक ओझाले रासससित भन्नुभयो–“हाम्रो स्कूलले उच्च शिक्षासम्म संस्कृत अध्ययनलाई बढाउने योजना बनाएको छ ।”