९ भाद्र २०८३, मंगलवार
,
Latest
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुविधासम्पन्न अस्पताल स्थानीय तहलाई हस्तान्तरण



अ+ अ-

दोलखा । दोलखाको वैत्येश्वर गाउँपालिका–५ मैनापोखरीमा सञ्चालनमा रहेको हिमालयन केयर हेन्सको स्वामित्वमा सही हिमालयन स्वास्थ्य सहकारीले व्यवस्थापन गर्दै आएको सुविधासम्पन्न हिमालय केयर अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

अस्पताल रहेको पाँच रोपनी जग्गा भौतिक संरचना तथा अस्पतालको उपकरणसहित ६ करोड मूल्य बराबरको सामग्रीसहित अस्पताल वैत्येश्वर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

सम्पूर्ण संरचना तथा उपकरणहरुसहित गाउँपालिकाको नाममा पास गरी जग्गाधनी पुर्जासहित सम्पूर्ण स्वामित्व गाउँपालिकाको हुने गरी हस्तान्तरण भएको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।
संस्थाले सञ्चालन गरिरहेको अस्पताल गाउँपालिकाले नै आफ्नो स्वामित्वमा सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।

गाउँपालिकाभित्र अन्य अस्पताल नभएको र सामान्य जाँच गराउनका लागिसमेत जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेकामा जटिल समस्याबाहेक अन्य सबै सुविधा सहज तरिकाले पाउन सकिने वैतेश्वर गाउँपलिकाका स्वास्थ्य शाखाप्रमुख देवलाल तामाङले बताए ।

अस्पतालबाट जिल्लाको जुङ्गु, झयाकु, क्षेत्रपा, नाम्दु, काव्रे, गैरिमुदी, मिर्गे ठूलोपातल लगायतका नागरिकले स्वास्थ्य सुविधा लिँदै आएका छन् । स्वास्थ्य आम नागरिकको मौलिक अधिकार भए तापनि गाउँपालिकाका नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा दिन नसकिरहेको अवस्थामा गाउँपालिकाकै स्वामित्वमा व्यवस्थित तरिकाले अस्पताल सञ्चालन गर्न थालिएको गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।