४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार सम्मेलनमै ज्ञानेन्द्र शाहीमाथि हातपात, प्रहरीद्वारा उद्धार



अ+ अ-

काठमाडौं । शनिवार नेपालगन्जमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहार भएको घटनाकारे आइतबार पत्रकार सम्मेलन गर्दैगर्दा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको छ ।

आइतबार नेपालका लागि नेपालीको कार्यालय ललितपुरको पुल्चोकमा १ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित केही व्यक्तिहरुले शाहीमाथि हातपात गरेका हुन् । पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुले ज्ञानेन्द्र शाहीलाई सोधेको प्रश्नमा जवाफ दिन नचाहेपछि उनीमाथि हातपात भएको हो ।

ज्ञान बहादुर शाहीले किन ज्ञानेन्द्र शाही नाम लेखे, त्यसको उद्देश्य के हो भन्ने प्रश्न गर्दा उनले प्रचण्डले किन प्रचण्ड लेखे भनेर प्रतिप्रश्न गरे । बरु ज्ञानेन्द्र शाहीले उल्टै तपाईं कुन सञ्चारमाध्यमबाट हो भनी प्रश्न गर्न थालेपछि शाहीमाथि त्यहाँ उपस्थित व्यक्तिहरु आक्रोशित भएका थिए ।

आक्रोशित समूहले शाहीमाथि हातपात गर्न थालेपछि प्रहरीलाई शाहीलाई उद्धार गरेको छ ।

तर शाहीको उद्धारपछि सञ्चारकर्मीसँग बोल्दै घटनास्थलमा खटिएका एकजना प्रहरी निरीक्षकले भने सुरक्षा खतराबारे पहिले नै शाहीलाई जानकारी गराएपनि शाहीले प्रहरीको आग्रहलाई वेवास्ता गर्दा घटना भएको हो । घटनामा ती प्रहरी आधिकारी पनि सामान्य घाइते भएका छन् ।