१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

नेपालले बिआरआईबाट कसरी लाभ लिने ?

नेपालले बिआरआईबाट कसरी लाभ लिने ?
अ अ+ अ-



चन्द्रप्रसाद ढकाल

सर्वप्रथम यस महत्वपूर्ण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट आफ्ना विचारहरु राख्ने अवसर दिनुभएकोमा आयोजक मित्रहरुलाई म विशेष धन्यवाद दिन चाहन्छु । बिआरआई चिनियाँ राष्ट्रपति सि चिनफिङले सन् २०१३ मा अघि सार्नुभएको मलाई लाग्छ २१ औँ शताब्दिकै एक बृहत र महत्वाकांक्षी आयोजना हो । उक्त आयोजनाले प्रत्यक्षरुपमा एसिया र युरोपका करिब ६० ओटा देशलाई जोड्छ । यस आयोजनाले लाभ दिन खोजेको र प्रत्यक्ष रुपमा जोड्ने देशका नागरिकको हिसाब गर्दा विश्वको ६४ प्रतिशत जनसङ्खया यसले समेट्न सक्छ । त्यसैगरी आर्थिक सूचकांकको हिसाब गर्ने हो भने पनि यसले विश्वको कुल ग्राहस्थ उत्पादनको करिब ३७ प्रतिशत हिस्सा समेट्छ । हाम्रो सौभाग्य नै मान्नुपर्छ कि यस्तो बृहत आयोजना सम्बन्धी सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेको छ र हामी यस बृहत आयोजनाको एउटा सदस्य बनिसकेका छौँ ।

सन् २०१२ मा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा स्थापित हुँदादेखि अहिलेसम्म नै चिनियाँ अर्थशास्त्रीहरुले चिनियाँ नेता देङ स्यायो पिङलाई खुबै सम्झिएका छन् । किनभने चीनको वर्तमान समृद्धिको आधारशिला सन् १९७८ मा उनले अघि सारेको खुल्ला चीन नीति बाट नै निर्माण भएको मानिन्छ । त्यो नीति पछि चीन विश्वका लागि खुला भयो र विश्वमा चीन पनि खुल्यो । यसरी चीनमा विश्वका लगानीकर्ताहरु आए र एक किसीमले भन्ने हो भने चीनमा आर्थिक क्रान्ति नै भयो । विस्तारै चीन पनि लगानीकर्ताका रुपमा विश्व बजारमा प्रवेश गर्यो । पछिल्लो समयमा चीनले गरेको वैदेशिक लगानीको मात्रा बढेको छ । सन् २०१६ को अन्त्यसम्मको एक तथ्यांक हेर्दा चीनले विदेशमा गरेको लगानी १६० अर्ब अमेरिकी डलर बराबरको देखिन्छ । त्यसैले यो बिआरआई आयोजनाका साथै चीनले मारेको लोभलाग्दो आर्थिक फड्कोका कारण हाल मलाई लाग्छ चीन विश्वमा नै चर्चामा छ भन्न सकिन्छ । यसरी बिआरआई आयोजना चीनले संसारलाई जोड्ने एउटा सञ्जाल हो । यो एउटा यस्तो विकासको द्धार हो कि यसबाट चीन संसारमा पुग्न खोजेको छ र आफ्नो समृद्धिबाट तेस्रो विश्वका कैयौँ देशलाई लाभ दिलाउने प्रयत्न पनि गरेको छ ।  

कतिपय मानिसहरु बिआरआईलाई सडकका रुपमा मात्र लिने गर्दछन् । तर यसमा रेलमार्ग, सडकमार्ग, सामुद्रिक मार्ग, हवाईमार्ग, पाइपलाइन, उर्जाको ग्रिड, ट्रान्समिसन लाइन, इन्टरनेट लगायतका बहुआयामिक सञ्जाल पर्छन् । तर पनि हाम्रोजस्तो भूपरिवेष्ठित देशलाई सडक सञ्जाल पहिलो आवश्यकता हुन आउँछ । नेपाल र दुवै देशको फाइदाका लागि अत्यावश्यक आधारभूत पूर्वाधार भनेको ‘कनेक्टीभिटी’ (सडक सञ्जाल) नै हो । हामीले अपेक्षा गरिरहेको रेलमार्ग पनि यसैमा पर्दछ । नेपालको उत्तरी सिमानाको भौगोलिक जटिलता धेरै छ । त्यसैले नेपालले चीनको समृद्धिसँग लिने लाभको आधारभूत विषय सडक सञ्जाल नै हुनुपर्छ भन्ने हाम्रो भनाई हो । कनेक्टिभीटी मार्फत विश्वको ठूलो पर्यटन बजारका चिनियाँ पर्यटकका लागि नेपालको बाटो सहजै खुल्ने छ । यस आयोजनामार्फत नेपालमा पूर्वाधार निर्माण गर्नसके चीन र त्यसैमार्फत अरु देशको लगानी भित्र्याउन हामीलाई अहिलेभन्दा धेरै सहज हुनेछ । 

वास्तवमा अब हामीले बिआरआईबाट ठोस रुपमा के लाभ लिनसक्छौँ भनेर व्यापक मात्रामा खोजी गर्न थाल्नुपर्छ । अहिले नै हामीले यो अभियान थालेनौँ भने पछि पर्नसक्छौँ । किनभने कुनै पनि आयोजना बाट कसरी लाभ लिने भन्ने कुरा हामी आफैले तय गर्ने मोडालिटीमा भर पर्दछ । मलाई लाग्छ पूर्वाधार निर्माण, व्यापार, लगानी र पर्यटन नै हामीले लाभलिने आधारहरु हुन् । हाम्रा दुई छिमेकीको जनसंख्या साढे दुई अर्बभन्दा बढी छ । त्यहाँबाट हरेक वर्ष करोडौँ नागरिक पर्यटकका रुपमा बाहिरिन्छन् । यता हामीले केही लाख पर्यटक भित्र्याउनका लागि राष्ट्रिय कार्यक्रम बनाइरहेका छौँ । नेपाल सुनेका अधिकांश छिमेकीले नेपाल हेर्ने इच्छा राखेकै हुन्छन् । त्यसैले उनीहरुलाई नेपाल भित्र्याउन सक्नेगरी नेपालले चीनसँग मिलेर काम सक्दा हामीलाई ठूलो लाभ दिनेछ ।

चीन हामीजस्ता छिमेकीका लागि समृद्धिको समुद्र नै हो । तर यो समुद्रबाट हामी कति पानी उभाएर लिनसक्छौँ भन्ने कुरा हाम्रो क्षमता र अग्रसरतामा भर पर्छजस्तो मलाई लाग्छ । आफू लाभान्वित हुनसक्ने मार्ग हामी आफैले तय गर्ने हो । चीन र भारतजस्ता समृद्ध छिमेकी पाउनु हाम्रा लागि खुसीको कुरा हो । तर यो खुशीलाई हामीले अवसरमा बदल्न सक्नुपर्छ । यतिठूलो जनसंख्या भनेको हामीले उत्पादन गर्न सक्ने वस्तुको बजार पनि हो । मेरो अनुभवमा चीनले उसको तिब्र गतिको आर्थिक रेलमा नेपाललाई पनि सवार गराउन चाहेकै छ । तर त्यो यात्राको पहिलो पाइला त हामीले नै चाल्ने हो । यात्रा तय गर्ने काम हामीले नै गर्ने हो । यसका लागि हाम्रो इच्छाशक्ति तथा हाम्रो प्रयास र अग्रसरता आवश्यक हुन्छ । त्यसैले हामीले बिआरआईको प्रारुपभित्र हाम्रो राष्ट्रिय समृद्धिको आधार निर्माण गर्न सक्नेगरी प्रभावकारी मोडालिटी बनाउँ । यसबाट द्धिपक्षीय हित हुनेछ ।

म यस देशको उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिको रुपमा आफ्ना विचार राख्दा यहाँ उपस्थित आदरणीय नेतागाणहरुलाई यस आयोजनाबाट लाभलिने गरी राष्ट्रिय योजनाहरु निर्माण गर्न आग्रह गर्दछु । त्यसमा निजी क्षेत्रको पनि सम्बोधन होस् र राष्ट्रिय समृद्धिका लागि हामी तत्पर रहेको मात्र होइन, लागि नै परिरहेका छौँ । महासंघ विगतदेखि नै यो आयोजनाको पक्षमा हो र नेपाल सरकारलाई यस आयोजनामा सहभागी भई यसबाट राष्ट्रिय रुपमा लाभ लिने काममा अघि बढोस् भनी सुझाव दिँदै आएको हो । हाम्रो धारणा के छ भने पनि यस आयोजनामा हस्ताक्षर गरेर मात्र हुदैन, हाम्रो राष्ट्रिय स्वार्थअनुकुलको कार्यक्रम पनि बनाउनुपर्छ । त्यसका लागि यति प्रभावकारी रुपमा योजना निर्माण गरौँ कि नेपाल चीनले दक्षिण एसियामा गर्ने लगानीको लागि एउटा रणनीतिक हिसाबको ‘ट्रान्जिट प्वाइन्ट’ बन्न सकोस् । यसले हामीलाई पूर्वाधारको क्षेत्रमा बलियो बनाउने छ । 

जाँदाजाँदै यहाँ उपस्थित आदरणीय महानुभावहरुसमक्ष म एउटा व्यक्तिगत प्रसंग राखेर विदा हुन चाहन्छु । हालैमात्र नेपाल भ्रमणमा आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी गत मंगलबार चन्द्रागिरि पुग्नुभएको थियो । उहाँले त्यहाँ करिब ४ घन्टा बिताउनुभयो र डेढ घन्टा ट्रेकिङ पनि गर्नुभयो । त्यसक्रममा उहाँले भन्नुभएको थियो– ‘राजधानीबाट नजिकै यति आकर्षक ठाउँ रहेछ, नेपाल त हिमाल, पहाडले भरिएको देश, यस्ता स्थानहरु देशैभरि कति होलान् ? वास्तवमै नेपालीहरु भाग्यमानी छन् ।’ उहाँको यो अभिव्यक्तिले मन छोएकोले प्रसंगबस मैले यहाँ राखेको हुँ । त्यसै क्रममा मैले पनि उहाँलाई– ‘नेपाल र चीनबीचको अहिलेको आवश्यकता भनेको सडक र रेल सञ्जाल हो । यसबाट हाम्रो समृद्धि र द्धिपक्षीय हित सम्भव छ भनेको थिएँ ।’ मेरो यो सुझावप्रति उहाँले निकै चाख राख्नुभएको थियो ।    

मैले चन्द्रागिरिको प्रचार गरेको नभई सवा सय करोड भन्दा पनि बढी जनसंख्या भएको देशका विदेशमन्त्रीले मन पराएका यस्ता आकर्षक गन्तव्यहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन पाए भ्रमण वर्ष मनाउन लागेका हामीलाई फाइदै हुन्छ होला भनेर मात्र यहाँ राखेको हुँ ।

(नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले आइतबार ललितपुरमा आयोजित बिआरआईसम्बन्धी गोष्ठीमा गर्नुभएको सम्बोधनको सम्पादित अंश)