१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजारौँ बालबालिका विद्यालयबाहिर छन् : मुख्यमन्त्री पौडेल



अ+ अ-

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अझै पनि हजारौँ बालबालिका विद्यालयबाहिर रहेका र तिनले जोखिमयुक्त श्रम गर्न बाध्य हुनु परेको बताउनुभएको छ ।
राष्ट्रिय बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाले उनीहरुलाई त्यस अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकार ठोस नीति तथा कार्यक्रमसहित अघि बढ्न लागेको बताउनुभयो ।

‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने नारा साथ मनाउन लागिएको बाल दिवस, २०७६ का अवसरमा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, श्रमशोषण र दुव्र्यवहार अन्त्य गर्दै उनीहरुको सर्वाङ्गीण विकासका लागि सबै सचेत र जागरुक रहनुपर्ने जारी सन्देशमा उल्लेख थियो ।

विद्यालय भर्ना अभियान, अनाथ एवम् असहाय बालबालिको अभिभावकत्व ग्रहण, माध्यमिक तहसम्म निःशुल्क एवम् अनिवार्य शिक्षा, विद्यालय खाजा तथा अभिभावक प्रोत्साहनलगायत कार्यक्रममार्फत बालअधिकार सुनिश्चित गर्ने प्रयासमा नागरिक समाज, राजनीतिक दल, सङ्घसंस्था सबैको हातेमालो जरुरी रहेको मुख्यमन्त्री पौडेलको भनाइ थियो ।