२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

बागलुङ बजारमा व्यवस्थित उद्यान बनाइँदै

बागलुङ बजारमा व्यवस्थित उद्यान बनाइँदै
अ अ+ अ-

बलेवा । बागलुङमा ‘वीरेन्द्र ऐश्वर्य पार्क (उद्यान)’का नाउँमा चिनिएको समीक्षालयलाई व्यवस्थित बनाइने भएको छ । झण्डै १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको उद्यान अब व्यवस्थापन गरेर नयाँ बनाउन लागिएको हो ।

नगरपालिकाले सो उद्यानलाई व्यवस्थित बनाएर नगरभित्रको आर्कषक गन्तव्य बनाउन लागेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । यसका लागि नगरपालिकाले डीपीआर बनाइसकेको छ । चालु आर्थिक वर्षभित्रै काम सक्ने लक्ष्य राखिएको छ  । २०६२/०६३ सालको जनआन्दोलनमा उद्यानमा रहेका तत्कालीन राजा तथा रानीको मूर्ति ढालेपछि यो उद्यान बेथितिका रुपमा रहेको थियो । सरसफाइ नगर्ने, खुला र अव्यवस्थित बनाउँदा फोहर थियो । पछिल्लो समय केही फोहर कम भए पनि व्यवस्थापन थिएन । तर गतवर्ष उद्यानको दक्षिण किनारामा रहेको ट्राफिक कार्यालय भत्काएपछि तत्काल उद्यान व्यवस्थापन गर्ने योजना थियो ।

चालु वर्षको बजेटमा एए कन्स्ट्रक्सन प्रालिले रु ९६ लाखमा ठेक्का लिएर काम गरिरहेको हो । नगरपालिकाले व्यवस्थापनको काम गरेको छ । “ पानी नजम्ने, आर्कषक र व्यवस्थित पार्क बन्नेछ”, इञ्जिनीयर मनोज शर्माले भन्नुभयो, “यो उद्यानले नगरकै पहिचान झल्कने बनाउने योजना छ ।” उद्यान व्यवस्थापन गरेपछि फूल रोप्ने, बस्ने स्थान र बजारकै गौरव गर्न लायक उद्यान बन्ने वडा नं। २ का अध्यक्ष जीवन आचार्यले बताउनुभयो ।

“बाहिरबाट आएका मानिसले पनि यो पार्क हेरेर बागलुङको पहिचान बुझ्न सकुन् भन्ने लक्ष राखिएको छ”, उहाँले भन्नुभयो, “यो उद्यान व्यवस्थित भयो भने प्रवेश शुल्क राखेपनि चलाउन सकिन्छ ।’’ यसअघिको मूर्तिहरु फालेपछि खाल्डामा जमेको पानी दुर्गन्धित थियो । बालबालिका सहजै प्रवेश गरेर खेल्दा ती खाडलमा पर्ने जोखिम थियो । केही समय यहाँको छाप्रोमा वडा कार्यालय सञ्चालनमा आयो । अहिले वडा कार्यालय पुरानो जिविसका भवनमा सरेको छ । त्यसपछि उक्त छाप्रोमा एउटा तालिम हल बनाइएको छ । एकातर्फ ट्राफिक प्रहरीको अस्थायी कार्यालय राखिएको छ । तर व्यवस्थित उद्यानसँगै शौचालय पनि राख्नुपर्ने स्थानीयवासीको माग छ ।

“उद्यान राम्रो बनाउने तयारी भएको रहेछ तर सार्वजनिक शौचालय पनि बनाउन आवश्यक छ’’ बानपा २ का व्यवसायी सञ्जय श्रेष्ठले भन्नुभयो, “सवारी साधनको पार्किङ व्यवस्थापन गर्न सकियो भने बागलुङ बजारको मुहार फेरिन्छ ।’’ अहिले पनि बजार क्षेत्रमा पार्किङ अभाव छ । दुई वर्षदेखि साताको तीन÷तीन दिन सडकको दायाँ र बायाँ सवारी पार्किङ गराउने व्यवस्थापन गरिएको छ । रासस