४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुदूरपश्चिममा ३७ पुल लथालिंग

सुदूरपश्चिममा ३७ पुल लथालिंग
अ+ अ-

धनगढी । सुदूरपश्चिमका ९ जिल्लामा तीन अर्ब रुपैयाँ लागतका पुल अलपत्र छन् । ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ। सम्झौताअनुसार समयमा काम नसक्ने अनि म्याद थप्ने प्रवृत्ति बढिरहँदा विकट क्षेत्रका बस्ती विकास निर्माणमा पछि धकेलिएको छ। अधिकांश पुल निर्माणमा ठेकेदारसँग दुई पटकभन्दा बढी म्याद थपिएको छ।

मोहना नदीमा निर्माणाधीन राजघाट पुलका लागि ठेकेदारसँग दुई पटक थपिएको म्याद असारमा सकिएको छ। साढे ८ करोड लागतमा बनिरहेको पुलको ५५ प्रतिशत मात्रै काम भएको छ। एलाइड एडभेन्चर निर्माण कम्पनीले तेस्रोपटक म्याद थपका लागि निवेदन दिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर महेन्द्रराज पन्तले बताए।

धनगढी उपमहानगरपालिका–२ साइली कटान नालामा निर्माण भइरहेको पुलको पनि म्याद सकिएको छ। एमके कन्स्ट्रक्सन निर्माण कम्पनीले आव ०७३/०७४ मा चार करोडमा सम्झौता गरेको पुलको दुई वर्षमा ६० प्रतिशत निर्माण भएको छ। हुलाकी सडकअन्तर्गत कान्द्रा नदीमा निर्माण भइरहेको पुल पनि अधुरो छ ।

यो पुल लामा शेर्पा बिरुवा जेबीले २०६८ मा निर्माण सुरु गरेको हो। चार करोड ४२ लाख लागतको पुल निर्माणका लागि दुईपटक म्याद थप्दा पनि प्रगति ३५ प्रतिशतमात्र भएको इन्जिनियर पदम मडैले बताए।

अन्नपुर्ण पोष्टबाट