• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

कांग्रेस नेताको हात भाँच्नेलाई प्रधानमन्त्रीले कारबाही गने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका शीर्ष नेताहरूले बाँकेमा आफ्ना सभापतिमाथि कुटपिटसहित भ्रष्टाचार र विवादास्पद विधेयकका विषयमा प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरू कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँणसहितका नेता प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरूको ध्यानाकर्षण गराउन आइतबार साँझ बालुवाटार गएका थिए । प्रधानमन्त्री ओलीसहित नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल सहभागी थिए ।

‘हामी सत्तामा हुँदा प्रतिपक्षी दललाई बोलाएर छलफल गर्थ्यौँ । तर, हामी सत्ता पक्षलाई झक्झक्याउन बालुवाटार पुग्यौँ’ छलफलमा सहभागी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ पत्रिकासँग भने, ‘हामीले प्रधानमन्त्रीलाई ७० वर्ष पुग्नलाग्नु भएकी हाम्रा बाँके सभापतिमाथि आक्रमण भएकोसहित महत्वपूर्ण कुरा उठाएका छौँ ।’

कांग्रेसको जागरण अभियानका क्रममा कार्यक्रम हुँदै गर्दा नेकपाका नेता कार्यकर्ताको निर्देशनमा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँचिनुका साथै अन्य नेता कार्यकर्ता घाइते भएको कांग्रेसले जनाएको छ । प्रधानमन्त्री ओलीले ‘मैले तपाईंहरूलाई भोलि बोलाउन खोजेको थिएँ, तपाईंहरूले नै बसौँ भनेकोमा धन्यवाद’ भनेका थिए ।

सभापति देउवाले जागरण अभियानका क्रममा केही दिन बाँकेमा जिल्ला सभापतिसहितका नेतामाथि नेकपानिकटका नेता कार्यकर्ताले आक्रमण गरेको भन्दै ‘बाँके घटना गम्भीर छ । ७० वर्ष पुग्न लागेको महिलामाथि हमला गरिन्छ भने तपाईंको राज्यमा को सुरक्षित छ ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले घटनाका दोषीलाई कडा कारबाही गर्ने वचन दिएको शर्माले जानकारी दिए ।

कांग्रेस नेताहरूले विधेयकले द्वन्द्व पैदा गरेपछि जनतामा सरकारप्रति अनास्था बढेको, नागरिकता ऐन २०६३ मा हाम्रो सहमति जुटे पनि सरकारले सहमति गर्न नखोजेको, महँगी, वाइडबडीमा भ्रष्टाचारसहितका विषयलाई उठाएका थिए । आफूहरूको चासोलाई प्रधानमन्त्री र अध्यक्ष प्रचण्डले सकारात्मक रूपमा लिएको शर्माले जानकारी दिए । जवाफमा प्रधानमन्त्रीले शान्ति सुरक्षाको स्थिति सुधार हुँदै गएको दाबी गरेका थिए ।

प्रधानमन्त्रीकै क्षेत्रमा अन्याय
कांग्रेस प्रवक्ता शर्माले आफूले प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा नागरिकमाथि अन्याय भएको भन्दै ध्यानाकर्षण गराएको जानकारी दिए । ‘तपाईंकै निर्वाचन क्षेत्रमा १० महिनाअघि अलगचन्द राजवंशी हराउनुभयो । २१ कात्तिकमा नेपाल–भारत सिमानामा उनको लास भेटियो,’ शर्माले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै भने, ‘तर, १० महिनादेखि उहाँको छोरा जाहेरी बोकेर हिँड्नुभएको छ । यस्तो हुँदा पनि प्रहरीले जाहेरी लिइरहेको छैन । यसमा तपाईंको ध्यान जाओस् ।’ जवाफमा प्रधानमन्त्रीले दोषीमाथि कारबाही हुने बताएका थिए ।, आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।