२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको बैठक चल्दै



अ+ अ-

काठमाडौं । आइतबारदेखि अवरुद्ध राष्ट्रियसभाको बैठक आजबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले हिजोको राष्ट्रियसभाको बैठक बाँके जिल्लाको घटनालाई लिएर अवरुद्ध गरेको थियो ।

बैठकमा काङ्ग्रेसले बाँके जिल्लाका आफ्ना सभापति किरण कोइरालामाथि आक्रमण गर्ने दोषीउपर कारवाही नभएसम्म बैठक चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको थियो ।

सोही घटनालाई लिएर हिजोको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सदनमा जवाफसमेत दिनुभएको थियो तर काङ्ग्रेस सांसदहरुले चित्त बुझ्दो जवाफ नआएको र दोषीउपर कारवाही नहुँदासम्म सदन चल्न नदिने भन्दै हिजै बसेको दोस्रो बैठकसमेत अवरुद्ध गर्नुभएको थियो । हिजै प्रहरीले सो घटनाका सम्बन्धमा जाहेरी दर्ता गरेकाले आजको बैठक भने काङ्ग्रेसले सञ्चालन गर्न दिएको हो ।

राष्ट्रियसभाको आजको बैठकको शुरुमै राष्ट्रियसभाका अध्यक्षसँग समय मागेर नेपाली काङ्ग्रेसका सांसद अनिता देवकोटाले बाँके घटनाको विषयलाई लिएर हिजोको बैठक अवरुद्ध हुन पुगे पनि हिजो नै प्रहरीले जाहेरी दर्ता गरेकाले आजको बैठक सञ्चालन गर्न दिएको बताउनुभयो ।

बाँके जिल्लाको खजुरामा यही भदौ २६ गते नेपाली काङ्ग्रेसको जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिने गरी आक्रमण भएको थियो । सोही विषयलाई लिएर हिजो संसद् अवरुद्ध भएको थियो ।