१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु लागेका बिरामीले ३ हजार पाउने



अ+ अ-

हेटौँडा । डेंगुको रोग लागेका विरामीलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले यातायात र खानाखर्च वापत तीनहजार रुपैयाँ दिने निर्णय गरेको छ। राक्सिराङ गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्यसंस्था नभएकाले अन्यत्र अस्पतालमा जानुुपर्ने बाध्यता रहेकाले यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

साबिक राक्सिराङ, काँकडा, खैराङ र सरिखेत गाउँ विकास समितिहरु मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साविकका गाविसतर्फ १र१ स्वास्थ्यचौकीहरु भएपनि डेंगुको संक्रमण भएको पहिचान गर्नकै लागि पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।

डेंगु पहिचानको बाध्यतालाई सजिलो पार्नका लागि गाउँपालिकाले हरेक स्वास्थ्यचौकीमा ३०र३० थान डेंगु परिक्षण किट पठाएको स्वास्थ्य संयोजक विजय कापरीले जानकारी दिए ।

हालसम्म राक्सिराङ गाउँपालिकाभित्र वडा नं ३ का २ जना मानिसहरुमा डेंगुको संक्रमण देखिइसकेको छ ।