२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै



अ+ अ-

काठमाडौँ । राजधानीको त्रिपुरेश्वर चोकबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटर चेक जाँच गर्दा नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगर रहेका छन् ।

उनलाई १३ लाख ९ हजार ७ सय ५ रुपैयाँ नगद र विभिन्न बैङ्क तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।