२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा डेङ्गु निषेध ! चलाउँदै रोकथाम अभियान



अ+ अ-

धनगढी । डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ । यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ ।

टोल, बस्ती र विभिन्न विद्यालयमा समेत क्लबका बालबालिकाले उक्त अभियानअन्तर्गत नाटक प्रदर्शन गर्ने योजना बनाएका छन् । अभियानलाई रोटरी क्लब अफ धनगढीले सहजीकरण गरिरहेको क्लबका अध्यक्ष हरिशङ्कर ठाकुरले बताउनुभयो । वरिष्ठ चिकित्सक डा गणेशबहादुर सिंहले डेङ्गु रोकथामको उपाय र अभियानबारे जानकारी गराइरहनुभएको छ । विभिन्न स्वास्थ्य संस्थाले आवश्यक देखिएका ठाउँमा डेङ्गुको सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा मार्न ‘सर्च एण्ड डिस्ट्रवाई’ अभियान चलाएका छन् । स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।

सुदूरपश्चि प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै ८८ स्थानीय तहमा डेङ्गु रोकथामका लागि सहजीकरण गरिरहेको छ । सुदूरपश्चिम प्रदेशमा आजसम्म २८ जना डेङ्गुका कारण सङ्क्रमित भएकामा डोटीमा एक जनाको मृत्यु भएको छ । सबैभन्दा बढी कैलालीमा १५ जना संक्रमित छन् । ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा डेङ्गु सर्छ । घर वरिपरिका डब्बा, थोत्रा वा पुराना टायर, खाली राखिएका ड्रम, फुलदानी, गमला र अन्य भाँडामा भरिएको पानीमा यो जातको लामखुट्टेले फुल पार्छ । बर्खायाममा जताततै पानी जम्ने हुँदा लामखुट्टेका कारण डेङ्गु फैलिने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

मानिसमा एक्कासि ज्वरो आउनु, हड्डी र मांसपेशी दुख्नु र बिमिरा देखिनु, रक्तस्राव हुनु, वाकवाकी लाग्नु, टाउको दुःख्नु यसका मुख्य लक्षण हुन् । यो रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । लामखुट्टेको वृद्धि रोक्नका लागि घर वरिपरि सरसफाइका साथै पानी भरिएका भाँडावर्तन नराख्न स्वास्थ्यकर्मीको सुझाव छ ।