१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवस : समाजबादी पार्टीले विरोध पनि नगर्ने खुसीयाली पनि नमनाउने



अ+ अ-

काठमाडौं । समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा मौन बस्ने भएको छ । सोमबार एक विज्ञाप्ती निकाल्दै संविधान दिवसको अवसरमा पार्टीले विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने निर्णय गरेको हो ।

समाजबादी पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले विज्ञप्ति जारी गर्दै विद्यमान संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरिएको जनाएका छन् ।

यस्तै समाजवादी पार्टीले संविधान दिवसको दिनमा मुलुकका सातै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्कयता विषयक अन्तरक्रियात्मक कार्यक्रमको घोषणा समेत गरेको छ ।