• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

सिंहदरबारबाटै महासंघका सचिवसहित ९ पत्रकार गिरफ्तार



काठमाडौं । रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारलाई पुर्नबहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी गर्न लागेपछि पक्राउ परेका छन्। आन्दोलनमा उत्रिएका पत्रकारलेरेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारको मुल गेटमा तालाबन्दी गरिएको हो।

पक्राउ पर्नेमा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम विरही, मीन बम र दिलिप पौडेललाई रेडियो नेपाल परिसरबाटै प्रहरीले पक्राउ गरेको हो।

क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निष्काशित पत्रकारहरु प्रकाश बम, चक्र कुँवरसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। पुनर्बहालीका लागि प्रशासनसँग भएको वार्ता विफल भएपछि रेडियो नेपाल हातामा नाराबाजी गर्दा आफूहरूलाई प्रहरीले पक्राउ गरेको प्रेस युनियनका महासचिव शिवाकोटीले बताए।