१ असार २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारबाटै महासंघका सचिवसहित ९ पत्रकार गिरफ्तार



अ+ अ-

काठमाडौं । रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारलाई पुर्नबहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी गर्न लागेपछि पक्राउ परेका छन्। आन्दोलनमा उत्रिएका पत्रकारलेरेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारको मुल गेटमा तालाबन्दी गरिएको हो।

पक्राउ पर्नेमा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम विरही, मीन बम र दिलिप पौडेललाई रेडियो नेपाल परिसरबाटै प्रहरीले पक्राउ गरेको हो।

क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निष्काशित पत्रकारहरु प्रकाश बम, चक्र कुँवरसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। पुनर्बहालीका लागि प्रशासनसँग भएको वार्ता विफल भएपछि रेडियो नेपाल हातामा नाराबाजी गर्दा आफूहरूलाई प्रहरीले पक्राउ गरेको प्रेस युनियनका महासचिव शिवाकोटीले बताए।