१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरकाे पहाडी जिल्लामा भूकम्पको धक्का



अ+ अ-

डडेल्धुराः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा साेमबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिनुभयो ।

भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ । भूकम्पका कारण स्थानीय जनजीवन त्रसित भएकाे थियाे । धक्का महसुस भएलगत्तै मानिसहरू घर बाहिर निस्केका थिए ।