काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको सचिवालयले बजारमा एलपी ग्यासको कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी समस्या देखिए तत्काल जानकारी गराउन उपभोक्तासँग आग्रह गरेको छ।
सचिवालयले सार्वजनिक सूचनामार्फत बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाइ भोगिरहेका उपभोक्तालाई ९८५१११६७७३ नम्बरमा सम्पर्क गरी जानकारी उपलब्ध गराउन अनुरोध गरेको हो।
प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने सचिवालयले जनाएको छ।
सचिवालयले एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणका लागि उपभोक्ताको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।











