४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सबैलाई जग्गाधनी बनाउने लक्ष्यमा सरकार

सबैलाई जग्गाधनी बनाउने लक्ष्यमा सरकार
अ+ अ-

काठमाडौं । सरकारले सबैलाई जग्गाधनी बनाउने लक्ष्यको कार्यान्वयन पक्ष अघि बढाएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिलाई स्रोत र साधन मानेर आर्थिक लक्ष्य पूरा गर्न यस्तो लक्ष्य अघि सारेको जनाएको छ ।

सरकारले भू–उपयोग नीतिमार्फत जमिनलाई जनस्तरबाटै एकीकरण गरिने, जमिनको कित्ताकाट गर्न नपाइने, सहकारी मोडलमा सामूहिक खेती तथा फार्मबाट उत्पादन गर्ने, जमिन बाँझो राख्न नपाइने, खेती नगरेमा भूमि बैंकमा जग्गा राख्नुपर्नेलगायतका विषयलाई कानुनी रूपमै सुनिश्चित गरी भूमिहीनको अन्त्य गर्ने नीति लिएको हो ।

सरकारले स्थानीय तहलाई नै अधिकार दिएर भूमिसम्बन्धी समस्या समाधान गर्ने जनाएको छ । मन्त्रालयले भूमिहीनको तथ्यांक लिने कार्यसमेत छिट्टै थालिने जानकारी दिएको छ । सुकमबासीको संख्या भने झन्डै ७ लाख रहेको बताइएको छ । भूमि व्यवस्थामन्त्री पद्मा अर्याल लक्ष्यअनुसार सबैलाई जग्गाको स्वामित्व दिलाउन कानुनी अस्पष्टता र जटिलताको अन्त्य गर्दै बलियो कानुन निर्माणको चरणमा रहेको बताउँछिन् ।

अर्यालले भनिन्, ‘अब कोही पनि मोही हुँदैन, सबैलाई जग्गावाल बनाउने सरकारको लक्ष्य छ । लक्ष्य पूरा गर्न आवश्यक कानुनबाटै व्यवस्था गरेर सबैलाई भूमि अधिकारको सुनिश्चितताको बाध्यकारी परिस्थिति तयार पारिनेछ ।’ यसबाट वैज्ञानिक र व्यावहारिक रूपमै भूमिहीनताको अवस्था अन्त्य हुने मन्त्री अर्यालको दाबी छ ।

सरकारले यसैको तयारीस्वरूप पहिलोपटक भू–उपयोग नीति ल्याएको छ । भूमिसम्बन्धी नियमावली प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा विचाराधीन छ । त्यस्तै, भूमिसम्बन्धी आठौं संशोधनमार्फत भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबास गरिरहेकाको समस्या समाधान गरिने भएको हो ।

भूमि व्यवस्थापनलाई भावनाका आधारमा मात्रै सम्बोधन गरेर सम्भव नहुने मन्त्री अर्यालको भनाइ छ । ‘यसअघि कानुनी रूपमा सम्बोधन नगरी भावनाका आधारमा मात्रै सम्बोधन गरियो, यसले अवरोध मात्रै सिजर्ना गर्यो र समस्यालाई लम्ब्याइरहने काम मात्र भयो,’ मन्त्री अर्यालले भनिन् । सरकारले भूमिहीनको नाममा नक्कलीले फाइदा लिन सक्नेतर्फ सचेत रहेको जानकारी दिएको छ ।

भूमि नीतिका आधारमा सबै प्रकारका भूमि समस्या समाधान हुने उनको जिकिर छ । नीतिमा भएका कुराको विरोध गर्ने मात्र नभई सबल पक्षलाई समेत बुझ्नु आवश्यक रहेको मन्त्री अर्यालले बताइन् । सामचार राजधानी दैनिकबाट