४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्री

राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्री
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यस वर्ष संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी नहुने भएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको टोली महासभामा सहभागी हुन ४ असोजमा न्युयोर्क जाँदै छ । संयुक्त राष्ट्रसंघकै आयोजनामा हुने अर्को उच्चस्तरीय कार्यक्रममा उपप्रधानमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि न्युयोर्क जाँदै छन् ।

न्युयोर्कमा ज्ञवालीले सार्क मुलुकको अनौपचारिक मन्त्रिपरिषद् (परराष्ट्रमन्त्रीस्तरीय) बैठक आयोजना गरेका छन् । ‘यस वर्ष प्रधानमन्त्रीले राष्ट्रसंघीय महासभामा सहभागी नहुने निर्णय पहिले नै गरेको हो, परराष्ट्रमन्त्रीले महासभालाई सम्बोधन गर्नेदेखि सबै नियमित उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले स्वास्थ्यका कारण यसपटक नजाने निर्णय लिएका हुन् । यद्यपि, महासभामा सबै देशबाट सरकारप्रमुख वा राष्ट्रप्रमुख सहभागी हुने प्रचलन छैन ।

को–को जाँदै छन् ?
परराष्ट्रमन्त्री ज्ञवालीको नेतृत्वमा परराष्ट्रसचिव शंकरदास बैरागी, परराष्ट्रको संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख भरतराज पौड्याल, दक्षिण एसिया महाशाखा प्रमुख यज्ञ हमाल, परराष्ट्रका केही कर्मचारी र परराष्ट्रमन्त्रीका सहयोगी सहभागी हुनेछन् । न्युयोर्कस्थित नेपाली स्थायी नियोगबाट स्थायी प्रतिनिधि अमृतबहादुर राईसहितका अधिकारी पनि नेपाली टोलीमा सामेल हुनेछन् ।

१३ असोजमा महासभालाई सम्बोधन
महासभालाई परराष्ट्रमन्त्री ज्ञवालीले १३ असोजमा सम्बोधन गर्ने तय भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघका महासचिव एटोनियो गुटेरससहित उच्च अधिकारीसँग भेटवार्ता र उनले आयोजना गर्ने भोजमा सहभागी हुनेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रिसेप्सनमा ज्ञवाली सहभागी हुनेछन् ।

के–के छन् कार्यक्रम ?
न्युयोर्कमा ९ असोजमा परराष्ट्रमन्त्री ज्ञवालीले सार्कका परराष्ट्रमन्त्रीहरूको अनौपचारिक बैठक आयोजना गर्दै छन् । हरेक वर्ष राष्ट्रसंघीय महासभामा सहभागी हुने क्रममा सार्क अध्यक्ष राष्ट्रका परराष्ट्रमन्त्रीले अनौपचारिक बैठक गर्दै आएका छन् ।

अनौपचारिक बैठकमा भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, बंगलादेश र अफगानिस्तानले सहभागी हुने स्वीकृति दिइसकेका छन् । अनौपचारिक बैठकमा सार्कको रोकिएको शिखर सम्मेलन सुचारु गर्नेबारे छलफल हुनेछ । परराष्ट्रमन्त्री ज्ञवाली न्युयोर्कमा अति कम विकसित मुलुक जी ७७, शान्ति स्थापक सेना पठाउने मुलुकहरू, असंलग्न राष्ट्रहरूको संगठनका मन्त्रीहरूको बैठकमा सहभागी हुने कार्यक्रम छ ।

स्वास्थ्यमन्त्री र वनमन्त्री पनि जाँदै
राष्ट्रसंघमा आयोजना हुने दुईवटा उच्चस्तरीय बैठकमा सहभागी हुन स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत न्युयोर्क जाँदै छन् । स्वास्थ्यमन्त्री यादव ६ असोजमा आयोजना हुने युनिभर्सल हेल्थ कभरेजसम्बन्धी बैठकमा सहभागी हुने तय भएको छ । स्वास्थ्यसचिव खगराज बराल पनि कार्यक्रममा सहभागी हुनेछन् ।

न्युयोर्कमा ६ असोजमै आयोजना हुने क्लाइमेट एक्सन समिटमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत सहभागी हुनेछन् । यसैगरी, महासभाको हाइलेभल पोलिटिकल फोरम अन सस्टेनेबल डेभलपमेन्ट गोल (एसडिजी) विषयक बैठक र हाइलेभल मिटिङ अन फाइनान्सिङ फर डेभलपमेन्टमा राष्ट्रिय योजना आयोगका सदस्य सहभागी हुनेछन् । एसडिजीको बैठक ८ र ९ असोजमा बस्दै छ भने फाइनान्सिङसम्बन्धी बैठक ९ असोजमा बस्ने तय भएको छ । समाचार नयाँ पत्रिका दैनिकबाट