१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटलाई केल्मीको साथ



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलकुद पोसाक कम्पनी केल्मीले नेपाली क्रिकेट टोलीलाई पोशाक प्रायोजन गर्ने भएको छ । 

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट टोलीलाई पोशाक प्रायोजन गन आईतबार (आज) नेपाल क्रिकेट संघ (क्यान) र केल्मीबीच दुई वर्षे सम्झौता भएको हो । सम्झौंतामा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र केल्मीका तर्फबाट केल्मीका नेपाल निर्देशक प्रदिप न्यौपानेले हस्ताक्षर गर्नु भयो ।

सम्झौता अनुसार केल्मीले नेपालीको सिनियर, जुनियर र महिला टिमलाई केल्मीले आवश्यक पर्ने पोसाक प्रायोजन गर्नु पर्नेछ । सम्झौता २०२२ बाट सुरु भएर २०२३ को अन्तिमसम्ममा रहने क्यानले जनाएको छ  । 

सम्झौता पछि बोल्दै क्यान अध्यक्ष चन्द र केल्मीका नेपाल निर्देशक न्यौपानेले आपसको साझेदारीले दुबैलाई साथ मिल्ने बताउनु भयो । क्रिकेटको बर्षमा कम्तिमा १३ टुर हुने भएकोमा सो सम्झौता राम्रो हुने आशा दुबै पक्षले राखेका छन ।