१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले दिए मोदीलाई तीन भाषामा शुभकामना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् । सन् १९५० सेप्टेम्बर १७ मा जन्मीएका भारतीय प्रधानमन्त्री मोदी ६९ वर्षमा प्रवेश गरेका हुन् ।

मोदीको जन्मदिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गुजराती भाषामा, हिन्दीमा र अंग्रेजी भाषामा मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन्।

भारतका १४ औं प्रधानमन्त्रीको रुपमा भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बनेका मोदी १३ वर्षसम्म भारतको गुजरात प्रदेशाका मुख्य मन्त्री समेत रहेका थिए ।

२६ मे २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेका मोदीले पाँच वर्षे कार्यकाल पूरा गरी दोस्रो कार्यकालका लागि काम गरिरहेका छन्।