१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका शीर्ष नेताको बालुवाटारमा बैठक चल्दै, के बिषयमा हुँदैछ छलफल ?



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका शिर्ष चार नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । बैठकमा पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंग्याउने विषयमा छलफल भइरहेको हो ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन्।

बालुवाटार स्रोतका अनुसार चार नेताहरूको बैठकले अब बस्ने पार्टी सचिवालय बैठकमा ती विषय टुंग्याउनेबारे छलफल भईरहेको बताएको छ। बैठकले छिट्टै राख्ने भनिएको स्थायी समिति र केन्द्रीय समितिको बैठकका एजेन्डा र पार्टीले चलाउने भनेको राष्ट्रिय अभियानबारे पनि छलफल गर्ने बताइएको छ।

चार जना नेताहरूले यसअघि सोमबार पनि बालुवाटारमा बैठक गरेका थिए।