१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन जस्तो देखिने पहेलो धातु सहित पक्राउ



अ+ अ-

काठमाडौं । राजधानीको माछापोखरीबाट करिब १ केजी बराबरको सुन जस्तो देखिने पहेँलो धातु सहित एक जना पक्राउ परेका छन् । सिन्धुली कमला नगरपालिका घर भई ठुलोभर्‍याङ बस्ने ४२ वर्षीय राजकुमार बम्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बिशेष सुचनाका आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले धातु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।