१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य क्षेत्रमा बजेट कमि हुन दिदैनौं : मुख्यमन्त्री भट्ट



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताउनुभएको छ ।

 दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना गरिएको प्रादेशिक बायोमेडिकलको आज उद्घाटनका क्रममा उहाँले नागरिकलाई घरैमा उपचार मिल्ने गरी स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि नागरिकले उपचार नपाएर अकालमै ज्यान नजाओस् भन्ने हाम्रो लक्ष्य हो, स्वास्थ्य क्षेत्रमा बजेटको कमि हुन दिँदैनौं ।”

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले राजपुरमा उक्त बायोमेडिकलको स्थापना गरेको हो । सङ्घीय राजधानी बाहिर स्थापना भएको यो बायोमेडिकल पहिलो भएको बताइएको छ ।

उक्त मेडिकल स्थापनापछि यहाँका लाखौं नागरिक लाभान्वित हुनाका साथै घरैमा उपचार पाउने आशा गरिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले जानकारी दिनुभयो । बायोमेडिकल सञ्चालनका लागि आवश्यक जनशक्तिको पनि व्यवस्था चाँडै गरिने निर्देशनालयले जनाएको छ ।