१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई कुटपिट गर्ने ५ कर्मचारी पक्राउ, कुटाइबाट असई घाइते



अ+ अ-

बाजुरा । बाजुरामा नेपाल प्रहरीका एक असईमाथी कुटपिट भएको छ । मादकपदार्थ सेवन गरेको समूहको कुटाईबाट असई मानबहादुर चन्द घाइते भएका छन् ।

प्रहरीका अनुसार बाजुरा सदरमुकाममा चलेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मादकपदार्थ खाएर होहल्ला गर्दै हिँडेकी एक महिलालाई नियन्त्रण लिने प्रयास गर्दा महिलासँगै रहेका ७-८ जनाले पछाडिबाट ढुंगाले हान्दा असई घाईते भएका थिए ।

प्हरीले आक्रमण गरेर भागेकाहरूलाई राती नै पक्राउ गरिएको र उनीहरूमाथि सार्वजनिक मुद्दा चलाइएको उनले जानकारी दिए।

पक्राउ पर्नेमा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत केशव गिरी र अमृत बोहरा, सरकारी वकील कार्यालयका कार्यालय सहयोगी हरिशंकर जोशी, बडिमालिका नगरपालिमा कार्यरत प्राविधिक गोरख थापा र मेरी स्टोप सेन्टरमा कार्यरत अनमी धनी थापा रहेका छन्।

असई चन्दको अनुहार र शरिरमा चोट लागेको छ। अन्य प्रहरी जवानहरूको पनि शरिरमा चोट लागेको छ।