१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक जनाको मृत्यु, बिरामी लिएर उडेको हेलिकोप्टर आकस्मिक अवतरण



अ+ अ-

काठमाडौं । सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका-१, थाङ्नेस्थित ‘मेरा गेष्ट हाउस’मा बसेका एक जना विदेशी पर्यटकको मृत्यु भएको छ भने ७ जना बिरामी परेका छन्।

सोलुखुम्बु भ्रमणमा आएका केन्याका ३३ वर्षीय गोविंद लखमनको मृत्यु भएको हो। सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटकसमेत बिरामी परेका छन्।

मृतक र बिरामी सातैजना विदेशी पर्यकटसहित १ जना गाइडलाई उद्धार गरी आइतबार बिहान साढे ६ बजे कैलाश र एयर डाइनेस्टीको हेलीकोप्टरद्वारा काठमाडौं बिरामी लिएर उडेका हेलिकोप्टर खराब मौसमका कारण काठमाडौं अवतरण गर्न नसकेपछि काभ्रेमा आकस्मिक अवतरण भएका छन्। अहिलेसम्म पनि ती हेलिकोप्टर काठमाडौं आउन सकेका छैनन्।