१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका दुई भ्रातृ संस्था नेविसङ्घ र तरुण दल नेतृत्वविहीन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेको छ । पार्टीको भर्खरै सम्पन्न १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका दुई भ्रातृ संस्था नेतृत्व विहीन बन्न पुगेका हुन् । 

विस २०७३ कात्तिक ३० सम्पन्न तरुण दलको पोखरा अधिवेशनबाट अध्यक्ष बन्नुभएका बस्नेत र विसं २०७६ माघ १६ गते १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि बनेको तदर्थ समितिका अध्यक्ष ढुङ्गाना (खुलातर्फ) केन्द्रीय सदस्य निर्वाचित भएपछि नेविसङ्घ र तरुण दल नेतृत्व विहीन बनेको हो । 

पार्टीको खुलातर्फ केन्द्रीय सदस्यको आइतबार सम्पन्न मतगणनामा बस्नेत दुई हजार ५५७ र ढुङ्गाना एक हजार ८९६ मत ल्याएर निर्वाचित हुनुभएको थियो । कांग्रेसले दुवै भ्रातृ संस्थाका पदाधिकारी बनाए पनि केन्द्रीय समितिलाई भने पूर्णता दिएको थिएन । 

पार्टीको विधानले पार्टीको कुनै पनि तहको पदाधिकारी एवं सदस्य भ्रातृ संस्थाको पदाधिकारी एवं सदस्य नहुने उल्लेख गरेको छ । साथै भ्रातृ संस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए पनि निजको भ्रातृ संस्थाको पद स्वतः रिक्त हुने विधानमा व्यवस्था छ । बस्नेत र ढुङ्गानाले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा आफूले नेतृत्व गरिरहेको भ्रातृ संस्थाको पदबाट राजीनामा दिनुभएको थिएन । रासस