६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदमा रहुञ्जेल नेपाली जनताकै काम गरेर बस्छुः मन्त्री आले



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफु पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्ने बताउनुभएको छ । उहाँले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट गर्नुभयो । 

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आज काठमाडौँमा आयोजित छैठौँ राष्ट्रिय सम्मेलनमा मन्त्री आलेले भन्नुभयो “म जति समय पदमा रहन्छु, त्यति नै समय देश र नागरिकका हितका लागि नै काम गर्छु । देश र नागरिकभन्दा मेरा लागि ठूलो कुरा अरु केही छैन ।”

मन्त्री आलेले दलित, जनजाती समुदायहरु विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैँ कटिबद्ध रहेको बताउनुभयो । “दलित समुदायले बनाएका औजारहरु प्रयोग गर्न मिल्ने तर उनीहरुसँग पानी नचल्ने जस्तो विभेद्को अन्त गर्नुपर्छ” उहाँले भन्नुभयो । समाजमा पिछडिएर रहेका दलित, जनजाति समुदायहरुका पक्षमा आफूले बिगतदेखि नै वकालत गर्दै आएको उहाँको भनाई थियो । 

दलित समुदायको बृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरुको सहयोगका लागि मन्त्रालय सधैँ सकारात्मक रही काम गर्ने उहाँले बताउनुभयो । 

गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेकाले पश्चिमका दलित समुदायको अवस्था झन् दयनीय रहेको मन्त्री आलेको भनाइ थियो । उक्त कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका बिरुद्ध काम गर्ने तीन जनालाई सम्मान प्रदान गरिएको थियो ।