१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित भएकै कारण जिउँदै जलाइयो युवकलाई, कांग्रेसद्धारा दुख प्रकट



अ+ अ-

लखनऊ । अंतरजातीय प्रेम गरेको भन्दै उत्तरप्रदेशको हरदोइमा एक युवकलाई जलाएर मारिएको छ। मृतकका परिवारका अनुसार युवकको मृत्युको पीडा सहन नसकेर उनकी आमाको पनि मृत्यु भयो। प्रहरीको आधारमा यो घटना शनिबार हरदोई जिल्लाको भदेसामा भएको हो।

एसपी आलोक प्रियदर्शीका अनुसार, ‘अभिषेक उर्फ मोनूलाई कुटियो। एउटा घरमा बन्धक बनाएर राखियो र जलाइयो।’ एसपी आलोकले युवक कराएको सुनेर घटनास्थलमा पुगेका स्थानीयले युवकलाई स्थानीय हस्पिटल लिएर गए। त्यहाँबाट उनलाई लखनऊ रिफर गरियो। तर हस्पिटल नपुगी बाटैमा उनको मृत्यु भयो।

उनको मृत्युको खबर सुनेर उनकी आमाको पनि मृत्यु भएको परिवारका एक सदस्यले बताए। एसपीका अनुसार स्थानीयले मोनूको एक केटीसँग प्रेम सम्बन्ध भएको र ऊ प्रमिकालाई भेट्न गएको बताएका थिए।

मृतम मोनूका काका भन्छन्, ‘मोनू आफ्नी बिरामी आमा रामबेटीको उपचारको लागि २५ हजार लिएर आइरहेको थियो। परिवारसँग दुस्मनी भएका केही मानिसले उसलाई रोके। एउटा घरमा लिएर गए। उनीहरूले मोनूसँग पैसा खोसेर मोनूलाई जलाइदिए।’

एसपीले ५ जना विरुद्ध उजुरी दर्ता गरिएको जानकारी दिए। त्यसमा केटीको परिवारका २ जना २ छिमेकी र १ अन्य छन्।

यो घटनाको बारेमा बोल्दै भारतीका कांग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले उत्तर प्रदेशका योगी आदित्यनाथ सरकारलाई राजनीतिक उद्देश्यको लागि सामाजिक मुद्दामा प्रहार गर्ने आरोप लगाएका छन्। उनले ट्विट गर्दै भनेका छन् , ‘बिजेपी राजमा थप एक दलितलाई जिउँदै जलाइयो। अमानवीय र लज्जास्पद। उत्तर प्रदेशमा राजनीतिक उपलब्धि हासिल गर्न सामाजिक मुद्दामाथि प्रहार गरिँदै छ। राजनीतिक रोटी सेक्ने सत्तापक्ष चुप छ। उत्तर प्रदेशमा न महिला सुरक्षित छन् न पिछडिएका वर्ग र दलितहरु नै…’