३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

च्याम्पियन्स लिग: रियल मड्रिड र पीएसजी आज भिड्दै

च्याम्पियन्स लिग:  रियल मड्रिड र पीएसजी आज भिड्दै
अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटलबमा आज (बुधबार) राति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । पीएसजीले घरेलु मैदानमा स्पेनिस महारथी रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्न लागेका हो । युरोपेली क्लब फुटबलका दुई खर्चालु क्लब च्याम्पियन्स लिगको नयाँ सिजनको सुरुवातमै भिड्न लागेका छन् ।

घरेलु मैदानमा रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्दै गर्दा पीएसजीका मुख्य तीन स्टार खेलाडी भने खेल मैदानमा उत्रने छैनन् । पीएसजी नेयमार, केलियन एम्बाप्पे र इडिन्सन काभानी आजको खेलमा सहभागी हुने छैनन् । एम्बाप्पे र काभानी चोटका कारण मैदान बाहिर छन् भने नेयमारमाथि युईएफएको दुई खेलको प्रतिबन्धका कारण खेल्न पाउने छैनन् ।

‘सबैलाई थाहा छ हामीसंग केही फरवार्ड हुने छैनन् । तर हामी बाँकी खेलाडीमाथि विश्वास गछौ ।’ पीएसजीका प्रशिक्षक थोमस टुचेलले भने ।

यता चोटकै कारण पाहुना टोली रियललाई पनि आपत्ती नै छ । उसका धेरै पहिलो रोजाईका खेलाडी पीएसजीविरुद्वको खेलमा सहभागी नहुने भएका छन् । लुका मोड्रिच, ईस्को र मार्को एसेन्सियो चोटका कारण मैदान उत्रने छैनन् ।

नाचो र सर्जियो रामोस निलम्बनका कारण पीएसजीविरुद्वको खेलमा देखिने छैनन् । यता ईडेन हजार्डले भने रियलको जर्सीमा च्याम्पियन्स लिगमा डेब्यु गर्दैछन् ।