६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: रियल मड्रिड र पीएसजी आज भिड्दै



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटलबमा आज (बुधबार) राति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । पीएसजीले घरेलु मैदानमा स्पेनिस महारथी रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्न लागेका हो । युरोपेली क्लब फुटबलका दुई खर्चालु क्लब च्याम्पियन्स लिगको नयाँ सिजनको सुरुवातमै भिड्न लागेका छन् ।

घरेलु मैदानमा रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्दै गर्दा पीएसजीका मुख्य तीन स्टार खेलाडी भने खेल मैदानमा उत्रने छैनन् । पीएसजी नेयमार, केलियन एम्बाप्पे र इडिन्सन काभानी आजको खेलमा सहभागी हुने छैनन् । एम्बाप्पे र काभानी चोटका कारण मैदान बाहिर छन् भने नेयमारमाथि युईएफएको दुई खेलको प्रतिबन्धका कारण खेल्न पाउने छैनन् ।

‘सबैलाई थाहा छ हामीसंग केही फरवार्ड हुने छैनन् । तर हामी बाँकी खेलाडीमाथि विश्वास गछौ ।’ पीएसजीका प्रशिक्षक थोमस टुचेलले भने ।

यता चोटकै कारण पाहुना टोली रियललाई पनि आपत्ती नै छ । उसका धेरै पहिलो रोजाईका खेलाडी पीएसजीविरुद्वको खेलमा सहभागी नहुने भएका छन् । लुका मोड्रिच, ईस्को र मार्को एसेन्सियो चोटका कारण मैदान उत्रने छैनन् ।

नाचो र सर्जियो रामोस निलम्बनका कारण पीएसजीविरुद्वको खेलमा देखिने छैनन् । यता ईडेन हजार्डले भने रियलको जर्सीमा च्याम्पियन्स लिगमा डेब्यु गर्दैछन् ।