२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसान देखिने कर्णाली राजमार्ग झिलिमिली



अ+ अ-

जुम्ला । सडकको विकाससँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरण बढ्दै गएको छ । एक दशक पहिला सुनसान देखिने कर्णाली राजमार्ग आसपासका बस्ती, बजारमा स्थानीय सरकार आएसँगै सौर्य बत्तीले चहलपहल बढाएको छ । तिला गाउँपालिकाको रारालिही, कुडारी , तिलाकोट, जर्मी, एैरेनीलगायत क्षेत्रका बजार बाक्लिँदै गएको हो ।

अहिले तीन दर्जनभन्दा बढी होटल व्यवसाय, डिलर, खुद्रा पसल, पोल्टी फार्म, फ्रेस हाउस, कपडाका पसल हार्डवेयरका व्यवसायी बढेका छन् । सङ्घीयताले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाए पनि ग्रामीण क्षेत्रका बजारमा भने विद्युतीय बत्तीको अभाब भएकाले चोरीका घटना बढ्ने गरेका कारण व्यापारीको मागअनुसार सडक बत्तीको व्यवस्था गरिएको गाउँपालिकाका वडाध्यक्ष डिल्ली रावलले बताउनुभयो । अहिले सडक बत्तीले ग्रामीण क्षेत्रका बजार झिलीमिली भएका छन् ।

स्थानीय सरकार आएसँगै ग्रामीण क्षेत्रका बजारमा चहलपहल बढ्नाका साथै सडक बत्तीले व्यापारिक कारोवारका टेवा पुगेको व्यापारी राजु डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला निकै अँध्यारो हुन्थ्यो, अत्याआवश्यक सामान हुँदा पनि ग्राहक आउन मान्दैनथे तर हिजोआज बजार साँझपख झिलीमिली भएको देख्दा साँझसम्म मानिसको चहलपहल हुन्छ । यसैगरी तिल रावल, बिर्ख रावल, सर्पदल परियारलगायत व्यापारीले सडक बत्तीले राहत मिलेको बताए । करीब रु सात लाखको लागतमा सडकमा सौर्य बत्ती जडान गरिएको हो ।

तातोपानी गाउँपालिकाको केन्द्र, प्रहरी अस्थायी विट, जनता बैंकको शाखा पनि बसेकाले वडापालिकाको सहयोगमा डिजिटल सडक बत्तीको योजना ल्याइएको वडाध्यक्ष डिल्ली रावलले बताउनुभयो । सडक बत्तीले चोरीका घटना न्यूनीकरण हुनाका साथै बजारभित्र हुनसक्ने अप्रिय घटनालगायत सुरक्षा चुनौती कम भएको पनि उहाँको भनाइ थियो ।