१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाण्डेको प्रश्नः बीबीसीमा नैतिकता पढाउने मिश्रले नेता भएपछि त्यो पालना गर्नु पर्दैन ?



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्‍डेले अध्यक्ष रवीन्द्र मिश्रलाई स्‍पष्‍टीकरण बुझाएका छन् ।  अध्यक्ष मिश्रले कारबाहीको लागि पाण्डेलाई गत पुस १ गते सोधिएको स्पष्टीकरणको पाण्डेले जवाफ पठाएका हुन् ।

पाण्डेले स्पष्टीकरणको जवाफ लेख्दै मुद्दा निर्वाचन आयोगमा चलिरहेको र त्यसपछि अदालतमा जाने हुँदा पार्टीको भाद्र १७ गतेपछिको कुनै पनि गतिविधि नस्वीकार्ने जवाफमा स्पष्ट पारेका छन्।

मिश्रले निर्वाचन आयोगमा आफूलाई ९१ जनाको समर्थन रहेको छ भनी बुझाएको सङ्ख्यामाथि प्रमाण प्रस्तुत गर्न पाण्डेले चुनौती दिएका छन् । रवीन्द्र मिश्रले कीर्ते गरेको निर्वाचन आयोगले समेत बुझेर निर्वाचन आयोगले स्पष्टीकरण सोध्दासमेत नैतिकताको आधारमा राजीनामा किन नदिएको ? भन्ने पाण्डेको प्रश्न छ । 

पाण्डेको प्रश्न गरेका छन्, ‘तपाईँलाई जुन एकीकरणको दस्ताबेजले अध्यक्ष बनायो, त्यो दस्ताबेज विपरीत मिडियावाजी गर्ने र पार्टीलाई सिद्ध्याउने क्रियाकलापमा लागेपछि पनि तपाई त्यही अध्यक्ष पदमा बसिरहन मिल्छ ? बीबीसीमा नैतिकताको पाठ पढाउने पत्रकार रवीन्द्र मिश्रले नेता भएपछि त्यो नैतिकता देखाउन पर्छ की पर्दैन ?’