१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीको आलोचनात्मक रवैया र सन्तुष्टि नहुने बानी छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान प्रविधिलाई आत्मसात गरी पुराना पाराले नभई आधुनिक समाजअनुकूल उत्पादनसँग प्रविधिलाई जोड्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “हामीमा आलोचनात्मक रवैया र असन्तुष्टि व्यक्त गर्ने बानी पनि छ । तर, वीर र विद्वान् पूर्खाका सन्तान रहेको, प्राकृतिक रुपमा सम्पन्न मुलुकलाई पछाडि पर्नुपर्ने आवश्यकता छैन ।”

केही स्वार्थी तत्वहरु अहिले पनि विकास, सुशासन भन्दा उत्ताउला र प्रतिगामी, जन्मसिद्ध श्रेष्ठताको अवैज्ञानिक कुरा गरेर हिँडिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

यस्तै प्रधानमन्त्री ओलीले विज्ञानका क्षेत्रलाई बजेट थपेर काम गर्ने वातावरण दिनुपर्ने भएकाले सरकारले त्यो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।