२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको अवरोध हट्यो, सरकारले गर्यो कारबाही गर्ने प्रतिवद्धता



अ+ अ-

काठमाडौं । सरकारले बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएसंगै संसद अवरोध हटेको छ ।

संसदको बैठक सुरु हुनासाथ विशेष समय लिदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बाँके घटनामा संलग्नहरुलाई करबाही गर्न किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएको बताए । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको संरक्षणमा घटनामा संलग्नहरुलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको भन्दै उनले भने, ‘घटनाको सही छानविन होस्, दोषीहरुमाथि कारबाही होस् । हामी सरकारको जवाफी चाहन्छौं ।’

लगतै सरकारका तर्फबाट कानूनमन्त्री भानुभक्त ढकालले संसदमा गृहमन्त्रीले सम्बोधन गरेको र शीर्ष नेताहरुबीच भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले दोषीलाई कारबाही गर्ने बचन दिएको स्मरण गराउँदै उनले भने, ‘कारबाहीका लागि दिएको निवेदन दर्ता भएको छ । त्यसमा छानविन गरेर जो संलग्न छन्, उनीहरुलाई कानुनी दायरामा ल्याउने विश्वास दिलाउन चाहन्छु ।’ गल्ती नगरेका कोही नफस्ने र गल्ती गरेरकाहरु कारबाहीको दायरामा आउने उनले बताए ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत बाँकेको खुजारा नगरपालिका २ सीतापुरमा २५ भदौमा भएको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो । प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न मानेको थिएन ।

यसलाई लिएर कांग्रेस संसद अवरुद्ध गरेपछि जाहेरी दर्ता भयो । त्यसपछि कांग्रेस संसद सुचारु गर्न सहमत भएको थियो । तर, सत्तारुढ नेकपाकै सांसदले वडाध्यक्ष मल्ल निर्दोष भएको र उनीमाथि कारबाही गरिए स्वीकार्य नहुने बताएपछि सोमबार नै सुचारु भइसकेको संसद फेरि अवरुद्ध हुन पुगेको थियो ।