१८ श्रावण २०८३, सोमबार
,
Latest
साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानसँग वार्ताको घोषणा



डोनाल्ड ट्रम्प
अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार दिउँसोदेखि इरानसँग वार्ता शुरु हुने घोषणा गर्नुभएको छ ।

साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र कतारले सम्भावित सम्झौताको सम्भावना रहेको भन्दै नियोजित सैन्य हमला रोक्न अमेरिकालाई आग्रह गरेपछि राष्ट्रपति ट्रम्पले वार्ताको बाटो रोज्नुभएको हो ।

जोइन्ट बेस एन्ड्र्युजका लागि उडिरहेको एअर फोर्स वानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हर्मज जलसन्धि र इरानको परमाणु निशस्त्रीकरणका विषयमा वार्ता केन्द्रित रहने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी वार्ताको माध्यमबाट संवाद गर्दैछौँ, जुन सोमवार दिउँसोबाट शुरु हुनेछ । हर्मज जलसन्धि र इरानको निशस्त्रीकरणका विषयमा सम्झौता हुनेमा हामी आशावादी छौँ ।’

राष्ट्रपति ट्रम्पले इरान स्वयंले पनि नियोजित सैन्य कारबाही पछि हटाउन अमेरिकालाई कडा आग्रह गरेको दाबी गर्नुभयो ।

उहाँले थप्नुभयो, ‘हामीले जुनसुकै बेला सैन्य कारबाही गर्न सक्थ्यौँ, तर तीन प्रमुख मुलुक र इरानको समेत आग्रहलाई ध्यानमा राखेर हामीले वार्तालाई प्राथमिकता दिएका हौँ ।’

यसअघि शनिवार साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदले राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको थियो । सो क्रममा उहाँले इरानविरुद्धको प्रस्तावित सैन्य योजनाप्रति चासो र चिन्ता व्यक्त गर्दै यसबारे स्पष्टता माग गर्नुभएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

इरान र अमेरिकाबीच बढ्दो तनावलाई दृष्टिगत गर्दै पाकिस्तान, कतार, युएई, टर्की लगायतका देशहरूले पनि दुवै पक्षलाई संयमता अपनाउन र थप द्वन्द्वबाट बच्न अपिल गर्दै आएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल