काठमाडौं। गृह मन्त्रालयले स्थानीय तहमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताका लागि नासु र खरिदार स्तरका पदमा ५१ हजार ३३० जनाले आवेदन दिएका छन् ।
गृह अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले नासु सरहको एमआईएस अपरेटर ९९४ जना मागेकोमा १८ हजार ६१ जनाको आवेदन परेको छ भने खरिदार सरहको फिल्ड सहायकका लागि ९९५ जनामा ३३ हनार २६९ जनाको आवेदन परेको विभागले जनाएको छ ।
आवेदन दिनेमध्ये सबैभन्दा धेरै काठमाडौंमा ३८४ र ४४८, दोश्रोमा जनकपुर १८८ र २२७ तथा तेश्रोमा विराटनगर १२८ र १९५ जना छन् ।
उनीहरु सबैले अनलाइनबाट आवदेन दिएका हुन् ।
विभागले एमआईएस अपरेटरको पदमा आवेदन दिनका लगि कम्प्यूटर विषय लिएर प्रमाणपत्रतह उत्तीर्ण वा प्रमाणपत्र तह उत्तीर्ण गरेर कम्तिमा ६ महिनाको कम्प्युटर तालिम गरेको र फिल्ड सहायकका लागि एसएलसी वा सो सरह उत्तिर्ण गरेको व्यक्ति मागेको थियो ।
जागिरमा छनौट भएपछि करार अवधि बढीमा एक वर्षको रहने र त्यसपछि एकवर्ष थप सम्झौता गर्न सकिने जनाइएको छ ।