२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनामै दुई करोडको मदिरा विक्री



अ+ अ-

बाजुरा । गरिबीको रेखामुनि रहेको बाजुरामा एक महिनामा दुई करोडको मदिरा कारोबार भएको छ। वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महिनामा दुई करोडभन्दा बढी मदिराको कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घले जनाएको छ।

उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका अनुसार डेढ करोडदेखि दुई करोडसम्मको मदिरा यसै महिनामा कारोबार भएको छ।

व्यावसायिक प्यान नम्बर लिएका मदिरा पसलबाट न्यूनतम् एक महिनामा दुई करोडभन्दा बढी मदिरा खपत भएको र त्योसँगै लाखौँका स्थानीयवासीद्वारा उत्पादन गरिएको अवैध मदिरा पनि बिक्री हुने गरेको उनले बताए।

जिल्लाभरि ८४१ ले मदिरा पसलको अनुमतिपत्र प्यान नम्बर लिएका छन्। आठ सय ४१ मदिराका पसलमध्ये १२ पसल मात्रै भ्याटमा दर्ता छन् भने बाँकी सबै पसल प्यानमा कारोबार गरिरहेका जनाइएको छ।

जिल्ला सदरमुकाम मार्तडीपछिको ठूलो व्यापारी केन्द्र कोल्टी बजारमा मदिराका थोक बिक्रेता मंगल थापाका अनुसार मासिक ३० देखि ४० लाखसम्मको मदिरा बिक्री गर्ने गरेको बताए। जिल्ला प्रहरी कार्यालयले गत वर्ष असोजदेखि हालसम्म करिब १५ हजार लिटर घरेलु मदिरा जफत गरेर नष्ट गरेको जनाएको छ।

जिल्लाका स्थानीय तह त्रिवेणी नगरपालिका, बूढीगंगा नगरपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाले मदिरा निषेध गरेको छ भने गौमुल गाउँपालिकाले मदिरा सेवन बन्द नगरे पनि व्यवस्थापन गरेर मदिरा सेवन कार्ड प्रयोग गरेको छ।