काठमाडौं । स्वास्थ्यमन्त्री उपेन्द्र यादव आज (बुधबार) अमेरिका जाने भएका छन् । मन्त्री यादव संयुक्त राष्ट्रसंघको दुई दिने महासभामा भाग लिन अमेरिका जान लागेका हुन् ।
मन्त्री यादव राति ९ः३० बजेको उडानमार्फत अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको स्वास्थ्यमन्त्रीका स्वकीय सचिव महेश चौरसियाले बताए ।
मन्त्री यादव १३ दिन अमेरिकामै बस्ने कार्यक्रम रहेको छ ।