१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः महिला खुलातर्फ १३६४ मतगणना हुँदा कसले कति मत ल्याए ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महिला खुलातर्फ केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म १३६४ मत गनिएको छ । जसमा ८२५ मत ल्याउँदै डा. डिला संग्रौला अग्रस्थानमा छिन् । उनी शेरबहादुर देउवा निकट हुन् । सोही समूहबाट दोस्रो स्थानमा रहेकी पुष्पा भुषालले ८०२ मत प्राप्त गरेकी छिन् ।
 
महिला खुलातर्फ ७२८ मत ल्याउँदै आरजु राणा देउवा तेस्रो स्थानमा छिन् । ६५८ मतसहित अम्बिका बस्नेत चौथो, ६४० मतसहित ईश्वरी न्यौपाने पाँचौ तथा ६२४ मतसहित सरिता प्रसाईं छैटौं स्थानमा छिन् ।
 
सातौं स्थानमा ५२९ मतका साथ रमा कोइराला, ५१९ मतमका साथ आठौं स्थानमा सुशीला ढकाल र ५१३ मतसहित अनिता देवकोटा नवौं स्थानमा छिन् । 

खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।