७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

सप्तरीमा कर्फ्यू खुकुलो, बिहान ७ देखि ११ बजेसम्म बजार खुला

सप्तरीमा कर्फ्यू खुकुलो, बिहान ७ देखि ११ बजेसम्म बजार खुला
अ+ अ-

काठमाडाैँ । सप्तरीमा जारी कर्फ्यू आदेशलाई केही समयका लागि खुकुलो बनाइएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिका क्षेत्रका तोकिएका चार किल्लाभित्र बिहान ७ बजेदेखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न कर्फ्यू खुकुलो बनाएको हो।

जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था तथा नागरिकको दैनिक र अत्यावश्यक कामकाजलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार कर्फ्यूमा यस्तो सहजीकरण गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको सूचनामा उल्लेख छ।

सूचनाअनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर शान्ति तथा सद्भाव कायम गर्ने उद्देश्यले र्‍याली गर्नसमेत सकिनेछ। अनुमति लिएर र्‍याली सञ्चालन गरिएको अवस्थामा सो अवधिका लागि कर्फ्यू निष्क्रिय हुने जनाइएको छ।

तर, कर्फ्यू खुकुलो गरिएको समयमा हुलदंगा, अशान्ति फैलाउने वा अन्य उद्देश्यले एकै स्थानमा पाँच जनाभन्दा बढी भेला भई उच्छृंखल गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

बिहान ११ बजेपछि भने दुवै नगरपालिका क्षेत्रभित्र अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश पुनः निरन्तर रहने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।