१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् फुटबलर फर्नान्डो रिक्सन



अ+ अ-

काठमाडौं । नेदरल्यान्ड्सका फुटबलर फर्नान्डो रिक्सनको आज निधन भएको छ ।

इंग्लिस क्लब रेन्जर्सका पूर्वमिडफिल्डर समेत रहेका फर्नान्डो लामो समयदेखि मोटर न्युरोन नामक रोगबाट पीडित थिए । उनको ४३ वर्षको उमेरमा बुधबार अस्पतालमा निधन भएको हो ।

फर्नान्डोले सन् २००० देखि २००६ सम्म रेन्जर्सबाट खेलेका थिए भने २०१० देखि २०१३ सम्म नेदरल्यान्ड्सकै फर्टुना सिटार्डबाट खेलेका थिए ।

उनले आफ्नो मातृभुमी नेदरल्यान्ड्सबाट भने लामो समय खेल्न पाएका थिएनन् । उनले सन् २००० देखि २००३ सम्म तीनवर्षसम्म १२ खेल खेलेका थिए ।