२५ असार २०८३, बिहीबार
,
Latest
जंगली विषालु च्याउले बर्सेनि लिन्छ ज्यान, सचेतनाका लागि छैन छुट्टै कार्यक्रम औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: पीएसजीसंग रियल मड्रिड पराजित



अ+ अ-

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिगमा सहज रुपमा पराजित गरेको छ । समूह ‘ए’ मा बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीले रियल मड्रिडलाई ३–० को भारी गोलअन्तरले पराजित गरेको हो । पीएसजीले रियल मड्रिडलाई हारको स्वाद नराम्रो गरी चखाएको हो ।

पीएसजीलाई जित दिलाउन डि मारियाले दुई गोल गरेका थिए भने थोमस म्यानियरले एक गोल गरेर जित हात पारेको थियो । खेलको १४औं र ३३औं मिनेटमा डि मारियाले गोल गर्दै पीएसजीलाई २–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म २–० गोलअन्तरले अघि बढेको पीएसजीका लागी दोस्रो हाफमा थोमस म्यानियरको थप एक गोलले खेललाई अन्त्य गरेको थियो । थोमस म्यानियरले खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।