७ असार २०८३, आईतवार
,
Latest
अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको अनुरोधलाई पाकिस्तानले गर्यो अस्वीकार



अ+ अ-

इस्लामावाद । कश्मीर विवादका कारण सम्बन्ध चिसिएकै बेलामा पाकिस्तानले भारतको एक अनुरोधलाई अस्वीकार गरिदिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीका अनुसार भारतले पाकिस्तानसँग प्रधानमन्त्री नरेन्द्र मोदी सवार हुने विमानका लागि ‘एयरस्पेस’ माग गरेको थियो तर पाकिस्तानले भारतको उक्त अनुरोधलाई अस्वीकार गरेको विदेशमन्त्री कुरेसीले बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी २१ सेप्टेम्बरमा जर्मनी जाँदैछन् । र मोदी सवार विमानका लागि भारतले पाकिस्तानसँग हवाई मार्ग उपलब्ध गराउन सो अनुरोध गरेको थियो । पाकिस्तानले पछिल्लो समय भारतबाट उडान भर्ने सबै विमानका लागि आफ्नो हवाई मार्ग बन्द गरिसकेको छ ।

पाकिस्तानले हवाई मार्ग उपलब्ध नगराउँदा उडान पाकिस्तानी वायुक्षेत्र भन्दा बाहिरबाट उड्नुपर्ने बाध्यता हुनेछ जस कारण विमानको उडान समय र लागत खर्च बढी हुने पाईएको छ । कश्मीरको अवस्थालाई मध्यनजर गर्दै आफूहरुले मोदीको उडानका लागि हवाई मार्ग उपलब्ध गराउन नसकिने जवाफ भारतीय उच्चायोगलाई दिएको पाकिस्तानी विदेशमन्त्रीको भनाइ रहेको थियो ।