१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी छिमेकीहरुसँग असर पर्ने नहोस् ?: माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सैन्य गठबन्धन होइन भन्ने कुरा स्पष्ट हुन नसकेको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो ‘एमसीसीसँग जोडिएकाहरुले सैन्य गठबन्धनको अंग होइन भनेर प्रष्ट पार्न कोसिस गरेका छन्’, यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरुसँग असर पर्ने नहोस् ।’

यो पनि पढ्नुहोस –   माधवको प्रश्न, एमसीसीको उत्तर

अध्यक्ष नेपालले आफूहरुले जनभावनाको पनि विचार गरेको गरेको जनाउँदै पाँचदलले गठन गरेको तीन सदस्यीय कार्यदलले दिने सुझाव र दलहरुको छलफलबाट मात्र अघि बढ्ने बताउनुभयो ।