७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले बनाए ओबामासँग काम गरेका ब्रायनलाई सुरक्षा सल्लाहकार



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट ओ ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् । ट्रम्पले विदेश विभागको प्रतिनिधिको रुपमा काम गर्दै आएका ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका पनि छन् ।

ब्रायनसँग अघिल्ला राष्ट्रपतिहरु जर्ज डब्लु बुश र बराक ओबामासँग पनि काम गरेको अनुभव छ ।जोन बोल्टनले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट गत हप्तामा मात्र राजीनामा दिएका थिए । तर ट्रम्पले राजीनामा दिन भनेकाले नै उनले पद त्यागेको पनि बताइएको छ । यद्यपि बोल्टनले भने यसबारे केही खोलेका छैनन् ।

ब्रायनअघि माइकल फ्लिन, एच आर म्याकमास्टर र जोन बोल्टन पनि राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा ट्रम्पसँग काम गरिसकेका छन् ।