६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुर जाने राष्ट्रिय टिम घोषणा : बसन्त, शरद र ज्ञानेन्द्र टिममा परेनन्



अ+ अ-

काठमाडौं । सिंगापुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ। बिहीबार कप्तान पारस खड्का सहित १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेका हुन्।

टिममा नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल अनुभवी बलर बसन्त रेग्मी र ब्याट्सम्यान शरद भेषावकर पनि टिममा छैनन्। ज्ञानेन्द्रको अनुपस्थितिमा दीपेन्द्रसिंह ऐरीले उपकप्तानको भूमिका निर्वाह गर्ने छन्।

कुशल मल्ल र इशान पाण्डे पहिलोपटक टिममा परेका छन्। दुबै देब्रे हाते ब्याट्सम्यान हुन्।

आरिफ शेख, सुसान र सन्दीप जोराले पुनरागमन गरेका छन्।

असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल र जिम्बावे छनोटबाट बञ्चित भए पनि सिंगापुर भने विश्वकप छनोट खेल्दैछ।

को परे नेपाली टिममा

पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछानेले, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, शुसान भारी, इशान पाण्डे।

सिंगापुरमा नेपालको खेल तालिका

असोज १० गते नेपाल भर्सेस जिम्बावे

असोज ११ नेपाल भर्सेस सिंगापुर

असोज १४ गते नेपाल भर्सेस जिम्बावे

असोज १५ गते नेपाल भर्सेस सिंगापुर

ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका

असोज १९ गते नेपाल भर्सेस हङकङ

असोज २० गते नेपाल भर्सेस नेदरल्यान्ड्स

असोज २२ गते नेपाल भर्सेस आयरल्यान्ड

असोज २३ गते नेपाल भर्सेस ओमान