२५ असार २०८३, बिहीबार
,
Latest
जंगली विषालु च्याउले बर्सेनि लिन्छ ज्यान, सचेतनाका लागि छैन छुट्टै कार्यक्रम औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुर जाने राष्ट्रिय टिम घोषणा : बसन्त, शरद र ज्ञानेन्द्र टिममा परेनन्



अ+ अ-

काठमाडौं । सिंगापुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ। बिहीबार कप्तान पारस खड्का सहित १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेका हुन्।

टिममा नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल अनुभवी बलर बसन्त रेग्मी र ब्याट्सम्यान शरद भेषावकर पनि टिममा छैनन्। ज्ञानेन्द्रको अनुपस्थितिमा दीपेन्द्रसिंह ऐरीले उपकप्तानको भूमिका निर्वाह गर्ने छन्।

कुशल मल्ल र इशान पाण्डे पहिलोपटक टिममा परेका छन्। दुबै देब्रे हाते ब्याट्सम्यान हुन्।

आरिफ शेख, सुसान र सन्दीप जोराले पुनरागमन गरेका छन्।

असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल र जिम्बावे छनोटबाट बञ्चित भए पनि सिंगापुर भने विश्वकप छनोट खेल्दैछ।

को परे नेपाली टिममा

पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछानेले, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, शुसान भारी, इशान पाण्डे।

सिंगापुरमा नेपालको खेल तालिका

असोज १० गते नेपाल भर्सेस जिम्बावे

असोज ११ नेपाल भर्सेस सिंगापुर

असोज १४ गते नेपाल भर्सेस जिम्बावे

असोज १५ गते नेपाल भर्सेस सिंगापुर

ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका

असोज १९ गते नेपाल भर्सेस हङकङ

असोज २० गते नेपाल भर्सेस नेदरल्यान्ड्स

असोज २२ गते नेपाल भर्सेस आयरल्यान्ड

असोज २३ गते नेपाल भर्सेस ओमान